Model SET 3

 विज्ञान तथा प्रविधि

समय : ३ घण्टा पूर्णाङ्क: ७५

दिइएका निर्देशनका आधारमा आफ्नै शैलीमा सिर्जनात्मक उत्तर दिनुहोस् ।

समुह (क)

  1. तलका प्रश्नको सबभन्दा ठिक विकल्प उत्तरपुस्तिकामा लेख्नुहोस् ।

  1. तलका मध्ये कुनले एनालग सिग्नलको प्रतिनिधित्व गर्छ ?
    i.  इन्फ्रारेड रे थर्मोमिटर ii.  कम्प्युटर Iii.  स्मार्ट घडी Iv.  सर्ट वेव रेडियो
    उत्तरः Iv.  सर्ट वेव रेडियो

  2. शङ्‍खेकिरालाई किन मोलस्का फाइलममा राखिन्छ ?
    i.  शरीर, टाउको, भिसेरल मास, मांशपेशी युक्त खुट्टा र म्यान्टलमा विभाजीत हुन्छन् ।
    ii. ट्युव फिटको सहायताले चाल देखाउँछ ।
    Iii. शरीर, टाउको, छाती र पेटमा विभाजित हुन्छ ।
    Iv. यिनीहरू ओसिलो माटो र पानीमा पाइन्छन् ।
    उत्तरः i.  शरीर, टाउको, भिसेरल मास, मांशपेशी युक्त खुट्टा र म्यान्टलमा विभाजीत हुन्छन् ।

  3. श्यामले एउटा पोखरीमा दुईटा मेरुदण्ड नभएका जनावरहरू PQ देखे । उनले P लाई पहिलो बहुकोषीय जनावर र Q लाई पहिलो तन्तु विकास भएको जनावर भनी पत्ता लगाए । यी विशेषता अध्ययन गर्दा उक्त जनावर सम्बन्धी तलको कुन कथन मेल खान्छ ।
    i.  जनावर P डिप्लोब्लाष्टिक र जनावर Q ट्रिप्लोब्लाष्टिक हुन् ।
    ii. P को शरीरमा छिद्र हुन्छ भने Q को शरीर खोक्रो हुन्छ ।
    Iii. PQ दुवैको शरीर डिप्लोब्लाष्टिक हुँदैन ।
    Iv. PQ दुवैको शरीरमा टेन्टाकल्स हुन्छन् ।
    उत्तरः ii. P को शरीरमा छिद्र हुन्छ भने Q को शरीर खोक्रो हुन्छ । 

  4. बोझोको कुन भाग औषधीको रूपमा प्रयोग गरिन्छ ?
    i.  राइजोम ii.  पात Iii.  फल Iv. फूल
    उत्तरःi.  राइजोम

  5. पृथ्वीको 1024 Kg छ भने पृथ्वीको केन्द्रबाट 12000 Km  दुरीमा 20 Kg पिण्ड भएको वस्तुको तौल कति हुन्छ ?
    i.  35 N ii.  45 N Iii. 55 N Iv.  25 N
    उत्तरः 55 N

  6. समुद्रबाट गइरहेको जहाज नदीमा आइपुग्दा धेरै पानी विस्थापित गर्छ, किन ?
    i.  उर्ध्वचाप परिवर्तन हुनाले ii. उर्ध्वचाप कम हुनाले
    Iii.  समान उर्ध्वचाप बनाई राख्‍नाले Iv.  उर्ध्वचाप बढी हुनाले 
    उत्तरः   

  7. दिइएको चित्र अध्ययन गरी AC पहिचान गर्नुहोस् ।    








    i.  A रातो  पहेँलो
    ii.  A बैजनी  C रातो
    Iii.  हरियो   बैजनी
    Iv.   रातो    C बैजनी
    उत्तरः Iv.   रातो    C बैजनी



  8. हब्बलको स्थिराङ्क H को मान कति हुन्छ ?
    i.  80 km/s/Mpc ii. 83 km/s/Mpc Iii. 70 km/s/Mpc Iv.  73 km/s/Mpc
    उत्तरः Iv.  73 km/s/Mpc

  9. यदि X एउटा धातु हो भने, तलको प्रक्रियामा X को संयुज्यता कति हुन्छ ?
    X + 2HCl XCl2 + H2
    i. 1 ii. 2 Iii. 3 Iv. 4
    उत्तरः ii. 2

  10. कार्वनिक पदार्थहरू जस्तै खेर गएको खाद्यपदार्थ मानिस र जनावरहरूको मलमुत्र, फोहर आदि जल प्रदुषणका मुख्य स्रोतहरू हुन् । पानीमा हुने अत्यधिक कार्वनिक पदार्थको जलिय जीवनहरूलाई हानी पु¥याउने कारण तलका मध्ये कुन उत्तम हो ?
    i.  जलिय जीवहरूलाई ठाउँको अभाव हुनु
    ii. सूक्ष्मजीवहरूले कुहिने कार्वनिक पदार्थहरूबाट अक्सिजन उपभोग गर्ने भएकाले
    Iii. सानो जनावरले कार्वनिक पदार्थहरुलाई खानाले
    Iv. कार्वनिक पदार्थ कुहिँदा पानीको तापव्रmम बढ्नाले ।
    उत्तरः ii. सूक्ष्मजीवहरूले कुहिने कार्वनिक पदार्थहरूबाट अक्सिजन उपभोग गर्ने भएकाले


समुह (ख)

  1. अति छोटो उत्तर लेख्‍नुहोस्।

  1. एउटा प्रयोगमा, विभिन्न तापव्रmममा पानीको घनत्व नापिदैछ। यो प्रयोगमा आश्रित चर कुन हो ?
    उत्तरः यो प्रयोगमा आश्रित चर पानीको घनत्त्व हो । 

  2. आर्किमिडिजको सिद्धान्त लेख्नुहोस् ।
    उत्तरः कुनै बस्तुलाई पूर्ण वा आंशिक रुपले तरलमा डुबाउँदा विस्थापित हुने तरलको तौल बराबरको उर्ध्वचाप तरलले वस्तुमा दिन्छ।

  3. आयातित किरण र इमर्जेन्ट किरणबीच एउटा फरक लेख्नुहोस् ।
    उत्तरः आयातित किरण र इमर्जेन्ट किरणबीच फरक यस प्रकार छ ।

आपतित किरण

इमर्जेन्ट किरण

प्रकाश स्रोतबाट आउने किरणलाई आपतित किरण भनिन्छ ।

प्रकाशको आवर्तनपश्‍चात् पुनः पहिलेकै माध्‍ययममा प्रसारण हुने प्रकाशको किरणलाई इमर्जेन्ट किरण भनिन्‍छ ।


  1. आमाले खबर पत्रिका पढ्दा पत्रिकालाई 25 cm भन्दा पर राखी पढेको देखर रविले उनको आँखा जचाउँन लगे । आँखा परीक्षण पश्चात् आँखा विशेषज्ञले उनीलाई कुन किसिमको लेन्स भएको चश्मा लगाउन सुझाव दिए, होलान् ?
    उत्तरः  उत्तरः आँखा परीक्षण पश्‍चात् आँखा विशेषज्ञले उनीलाई कन्भेक्‍स लेन्स भएको चश्‍मा लगाउन सुझाव दिए होलान् ।

  2. ट्रान्सिफर्मरको प्राइमरी क्वाइलको फन्काको संख्या भन्दा सेकेन्डरी क्वाइलको फन्काहरूको संख्या कम भएमा भोल्टेजमा कस्तो परिवर्तन हुन्छ ? कारण लेख्नुहोस् ।
    उत्तरः ट्रान्सफर्मरले म्‍युचुअल इन्डक्‍सनको सिद्धान्‍तमा काम गर्दछ जसले गर्दा ट्रान्‍सफर्मरको प्राइमरी क्‍वाइलको फन्काको संख्‍या भन्दा सेकेन्डरी क्‍वाइलको फन्‍काहरूको संङ्ख्‍या कम भएमा आउटपुट भोल्‍टेजको मात्रा पनि घट्‍छ ।  


  1. बन्द ब्रम्हाण्ड र खुला ब्रम्हाण्डबिच एउटा फरक लेख्नुहोस् ।
    उत्तरः बन्द ब्रह्‍माण्‍ड र खुला ब्रह्‍माण्‍डबिच यसप्रकार फरक पाइन्छ ।

बन्द ब्रह्‍माण्‍ड

खुला ब्रह्‍माण्‍ड

चरम घनत्त्वभन्दा औसत घनत्त्व धेरै भएमा ब्रह्‍माण्‍डको आकार घट्‍दै जान्छ । 

चरम घनत्त्वभन्दा औसत घनत्त्व कम भएमा ब्रह्‍माण्‍डको आकार बढ्‍दै जान्छ । 

  1. पानीको घनत्व सबभन्दा बढी कति तापक्रममा हुन्छ ?
    उत्तरः पानीको घनत्त्व सबैभन्दा बढी 4 डिग्रि सेल्‍सियसमा हुन्छ । 

  2. हेमाटाइटलाई किन फलामको मुख्य धाउ मानिन्छ ?
    उत्तरः हेमाटाइट धाउबाट धेरै मात्रामा करिब 75% फलाम प्राप्‍त हुने हुँदा यसलाई फलामको मूख्‍य धाउ भनिन्छ ।

  3. इथानलको संरचना सुत्र लेख्नुहोस् ।
    उत्तरः

समुह (ग)

छोटो उत्तर लेख्‍नुहोस्।

  1. v2=u2+2as भन्ने समीकरण सहि या गलत हो ? एकाइगत परीक्षण गर्नुहोस् ।
    उत्तरः  




  1. एक दलीय विरुवाको दुईवटा विशेषता लेख्नुहोस् ।
    उत्तरः  यिनिहरुको गुच्छे जरा हुन्छ।
    यिनिहरुको विउमा एउटा मात्र फक्लयाँटा हुन्छ।

  2. दिइएको अवधारणा चित्र अध्ययन गरी XY मा हेप्लोइड र डिप्लोइ छुट्टिने गरी क्रोमोजोमको संख्या लेख्नुहोस् ।
    उत्तरः






    X: ह्याप्लोइड(भाले भएमा) वा डिप्लोइड(रानी भएमा)
    Y: डिप्लोइड (कर्मी)

  3. माइटोसिस र मियोसिस कोष विभाजन बिच दुईओटा भिन्नता लेख्नुहोस् ।
    उत्तरः 

माइटोसिस

मिओसिस

माइटोसिस कोष बिभाजन हुँदा सन्तति कोषहरुमा डिप्लोइड क्रोमोजोम हुन्छ।

मिओसिस कोष बिभाजन हुँदा सन्तति कोषहरुमा ह्याप्लोइड क्रोमोजोम हुन्छ।

यसमा एउटा माउकोषबाट दुईवटा सन्तति कोषहरु बन्छ।

यसमा एउटा माउकोषबाट चारवटा सन्तति कोषहरु बन्छ।

यो कोष बिभाजन सोम्याटिक, तथा भेजिटेटिभ  कोषहरुमा हुन्छ।

यो कोष बिभाजन ग्यामेटहरु निर्माण हुँदा हुन्छ।


  1. लिङ्ग निर्धारण प्रक्रियाको सम्भाव्यता तालिका बनाउनुहोस्  ।

  2. मानिसमा रगतको दुईओटा कार्यहरू लेख्नुहोस् ।
    उत्तरः मानिसमा रगतका दुई कार्य यसप्रकार छन् ।
    क. परिवहनः रगतले अक्सिजन र अन्य पौष्टिक तत्त्व एक ठाउँबाट अर्को ठाउँसम्म पुर्‍याउँछ ।
    ख. नियन्‍त्रणः रगतले शरीरको तापक्रम नियन्‍त्ण गर्छ । 

  3. चित्रमा दिइएको जडिबुटीको पहिचान गरी यसका दुई उपयोगिता लेख्नुहोस् ।
    उत्तरः  चित्रमा दिइएको जडिबुटी यार्सागुम्बा हो । यसका उपयोगिताहरू यसप्रकार छन् ।

क.   आयुर्वेदिक औषधी बनाउन यसको प्रयोग गरिन्छ ।

ख.   यार्सागुम्बालाई शक्‍तिवर्द्धक टनिकका रूपमा प्रयोग गरिन्छ । 


  1. गुरुत्व प्रवेग भनेको के हो ? पृथ्वीको ध्रुवीय भागमा गुरुत्व प्रवेगका मान कति हुन्छ ?
    उत्तरः पृथ्वीको गुरुत्ववलको कारणले उत्पन्‍ने हुने प्रवेगलाई गुरुत्वप्रवेग भनिन्छ। यसको मान ध्रुवीय भागमा 9.78 m/s2 हुन्छ ।

  2. यदि AB को बिचमा लाग्ने गुरुत्वाकर्षण बल F छ भने BC को बिचमा लाग्ने गुरुत्वाकर्षण बल F को कति गुणा हुन्छ ?

  3. इलेक्ट्रिक मोटर र जेनेरेटरबिच कुनै दुई भिन्नताहरू लेख्नुहोस् ।
    उत्तरः 






इलेक्ट्रिक मोटर 

जेनेरेटर

यसले विद्युशक्तिलाई यान्त्रिकक्तिमा रुपान्तरण गर्छ।

यसले यान्त्रिक शक्तिलाई विद्युतीय शक्तिमा रुपान्तरण गर्छ।

यसले विद्युतको मोटर असरमा आधारित भएर कार्य गर्छ।

यसले विद्युत चुम्बकीय उपपादनमा आधारित भएर कार्य गर्छ।

यो कलकारखानामा प्रयोग गरिन्छ।

यो विद्युत उत्पादन गृहमा प्रयोग गरिन्छ।

यसले विद्युत खपत गर्छ।

यसले विद्युत उत्पादन गर्छ।


  1. धनुषाको ढल्केवर भार सम्प्रेषण केन्द्रले 400 KV को विद्युतलाइन प्रसारण गर्नु छ भने कुन किसिमको ट्रान्सफर्मर प्रयोग गर्नु पर्छ ? यसको चित्र खिची प्राइमरी (इनपुट) क्वाइल र सेकेण्डरी आउटपुट क्वाइल देखाउनुहोस् ।



  1. एउटा विकरमा भएको कपरसल्फेटको घोलमा एउटा जिंकको पातलो पाता राखेको थियो । परीक्षण गर्दा थाहा भयो कि निलो रङको घोल फिक्का हुँदै गयो । केही दिनपछि जिंकको पाता घोलबाट निकाल्दा त्यसमा धेरै सानो सानोे छिद्रहरू देखापर्‍यो । यसको कारण र यसमा हुने प्रतिक्रियाको रासायनिक समिकरण लेख्नुहोस् ।
    उत्तरः यस प्रक्रियामा कपर सल्फेट र जस्ताबिच प्रतिक्रिया भई जिन्कले तामालाई विस्थापन गरी जिन्क सल्फेट र तामा बनाउँछ ।

 Zn + CuSO4 …………………. ZnSO4 + Cu 


  1. एउटा मनोहाइड्रिक अल्कोहल जुन थर्मोमेट्रिक तरलको रुपमा र सिरिन्ज तथा घाउहरूमा निस्संक्रमण पदार्थको रुपमा प्रयोग गरिन्छ। यसको आधारमा तलका प्रश्नहरूको उत्तर लेख्नुहोस् ।

  1. उक्त अल्कोहलको संरचनात्मक सुत्र लेख्नुहोस् ।

उत्तरः इथाइल अल्कोहलको संरचनात्मक सुत्र 

  1. उक्त अल्कोहल पर्ने होमोलोगस सेरिजको चौथोमा पर्ने अल्कोहलको अणुसुत्र लेख्नुहोस् ।
    उत्तरः  उक्त अल्कोहलको चौथो होमोलोगस सेरिजको अल्कोहलको नाम ब्युटाइल अल्कोहल (ब्युटनोल) हो । यसको अणुसुत्र C4H9OH हो । 

  1. खाद्य पदार्थमा नुन वा चिनी राख्दा व्याक्टेरियाको बृद्धि हुनबाट कसरी रोक्दछ ?
    उत्तरः खाद्य पदार्थमा चिनी वा नुन राख्दा नुन वा चिनीले पानीको मात्रा सोस्दछ र सुक्ष्म जीवको विकास हुन पाउँदैन र जीवहरु प्लाज्मोलाइसिस भएर मृत गराएर जोगाउँछ। 

समुह (घ)

  1. आजभोलि सामाजिक सञ्जालबाट साथीभाइसँग कुरा गर्नुपर्दा म्यासेन्जरको पनि प्रयोग गरिन्छ ।

  1. Messenger जस्तै काम गर्ने अन्य कुनै दुईओटा सामाजिक सञ्जालको नाम लेख्नुहोस् ।
    उत्तरः मेसेन्जर जस्तै कार्य गर्ने अन्य सामाजिक सञ्‍जालहरु भाईबर, ह्‍वाट्सएप, इमो, स्न्यापच्याट, ईन्स्टाग्राम आदी

  2. यस्ता सामाजिक सञ्जालहरूलाई तपाईहरूले आफ्नो अध्ययनमा कसरी प्रयोग गर्न सक्नुहुन्छ ? दुई बुँदामा लेख्नुहोस् ।
    उत्तरः अध्ययनको लागि साथी तथा शिक्षकसँग सम्पर्क माध्यममको रुपमा प्रयोग गर्ने
    अध्ययनको लागि सामाजिक सञ्‍जालमा भएका स्रोत सामग्रीहरुको प्रयोग गर्ने

  1. कृत्रिम गर्भाधान AI र इन भिट्रो फर्टिलाइजेशन IVF दुवै सहायक प्रजनन् विधि हुन् । यस तथ्यका आधारमा निम्न प्रश्नहरूको जवाफ दिनुहोस् ।

  1. AI प्रविधिले आम कृषकको मुहारमा खुसी ल्याउन सफल भएको छ । यो भनाइलाई आफ्ना दुई तर्कद्वारा पुष्टि गर्नुहोस् ।
    उत्तरः उन्‍नत जातका विउ, विजन, जनावरहरुको प्रजनन गराउन सकिने भएको छ।
    रोग प्रतिरोधात्मक क्षमतामा विकास भएको छ।
    फरक र गुणस्तरीय क्षमता भएका जीवहरुको प्रजनन गराउन सहज भएकोछ। 

  2. निःसन्तान दम्पतीका लागि IVF वरदान सावित भएको छ । यो भनाइलाई पुष्टि गर्ने दुईटा कारणहरू पेश गर्नुहोस् ।
    उत्तरः प्रजनन क्षमता भएर पनि सन्तान जन्माउन नसकेका दम्पतिहरुको लागि र वंशाणुगत समस्या भएका व्यक्तिहरुको लागि IVF वरदान सावित भएको छ। यस प्रविधिले ति समस्यायुक्त मानिसलाई सन्तान प्राप्‍त गर्ने अवसर दिएको छ।

  1. प्लाज्माका कुनै चार कार्यहरू लेख्नुहोस् ।
    उत्तरः 1. हर्मोनको परिवहन गर्ने
    2. रगत जम्‍न सहयोग गर्ने

3. बिकार पदार्थलाई निष्काशन अङ्‍गसम्म पुर्‍याउने

4. शरीरमा पानीको मात्रा सन्तुलन गर्ने

  1. ट्रकको हिट इन्जिन चिस्याउन पानीको प्रयोग गरिन्छ, किन ?
    आकृतिले तीनओटा वाल्टिन A, B, C लिइन । उनले 880 C तातो 12 Kg  पानी बाल्टिन A मा र 130C तातो 24 Kg पानी बाल्टिन B मा राखिन र यी दुवै पानीलाई मिसाएर बाल्टिन C मा राखिन भने C बाल्टिनको पानीको अन्तिम तापक्रम कति हुन्छ ? (पानीको विशिष्ट तापधारण क्षमता 4200 J/Kg0C, बाल्टिनले लिने तापक्रम नगन्य छ ।
    उत्तरः पानीको विशिष्‍ट ताप धारण क्षमता धेरै भएको हुँदा, यसले धेरै ताप ग्रहण गर्न सक्छ। त्यसैले इन्जिन चिस्याउन पानीको प्रयोग गरिन्छ।



  1. सँगै दिइएको चित्र कन्भेक्स लेन्सले बनाउने रेखाचित्रको साङ्केतिक चित्र हो । उक्त चित्र अध्ययन गरी निम्न प्रश्नहरूको उत्तर दिनुहोस् । 

  1. चित्रमा वस्तु AB को आकृति बन्ने प्रक्रियाको चित्र पूरा गर्नुहोस् ।

  1. यसबाट बन्ने आकृतिको दुई दुईओटा विशेषताहरू लेख्नुहोस् ।
    उत्तरः आकृतिको गुणहरुः आवास्तविक, सुल्टो र बस्तुभन्दा ठूलो

  2. यस प्रकारको रेखाचित्र प्रयोग हुने एउटा उपकरणको नाम लेख्नुहोस्। साथै त्यसको काम पनि लेख्नुहोस् ।
    उत्तरः  यस प्रकारको रेखाचित्र प्रयोग हुने एउटा उपकरण हाते लेन्स हो। हाते लेन्सले बस्तुलाई ठुलो बनाइ देखाउन मद्धत गर्छ।

  1. तल सोधिएका प्रश्नहरुको उत्तर लेख्नुहोस् ।

  1. इलेक्ट्रोनिक विन्यास 1S2, 2S2, 2P6, 3S2, 3P6, 4S1  भएको तत्वको नाम लेख्‍नुहोस्।
    उत्तरः पोटासियम

  2. सोडियम बाहेकको एउटा अल्काली धातुको नाम ।
    उत्तरः पोटासियम वा लिथियम

  3. सिलिकन बाहेकको एउटा मेटालोइडको नाम ।
    उत्तरः जर्मेनियम वा विस्मुथ

  4. म्याग्नेसियम बाहेकको एउटा अल्कालाइन अर्थ मेटलको नाम ।
    उत्तरः बेरिलयम वा क्याल्सियम

23.प्रयोगशालामा एमोनिया ग्याँस बनाउने विधेको नामाङ्‍कित चित्र कोर्नुहोस् । यो ग्यास परीक्षण गर्ने एउटा तरिका लेख्‍नुहोस् ।



एमोनिया ग्यास परीक्षण गर्ने तरिकाः

भिजेको रातो लिटमस कागज ग्यासले भरिएको जारको मुखभित्र घुसाँउदा, उक्त लिटमस कागज निलो रङमा परिवर्तन भएमा, उक्त ग्यास एमोनिया ग्यास हो।





No comments:

Post a Comment