विज्ञान तथा प्रविधि
समय : ३ घण्टा पूर्णाङ्क: ७५
दिइएका निर्देशनका आधारमा आफ्नै शैलीमा सिर्जनात्मक उत्तर दिनुहोस् ।
समुह (क)
तलका प्रश्नको सबभन्दा ठिक विकल्प उत्तरपुस्तिकामा लेख्नुहोस् ।
तलका मध्ये रिसिभरको कार्य कुन हो ?
i. प्राप्त गरेको सिग्नललाई चाहेको रूपमा परिवर्तन गर्नु
ii. च्यानलबाट डिजिटल सिग्नल प्राप्त गर्नु
Iii. स्रोतबाट एनालग सिग्नल प्राप्त गर्नु
Iv. सोर्स सिग्नल प्राप्त गर्नु
उत्तरः i. प्राप्त गरेको सिग्नललाई चाहेको रूपमा परिवर्तन गर्नु
मस र उनिउँ दुवै ओसिलो र छायाँ परेको ठाउँमा पाउनुको कारण के हो ?
i. प्रकाश संश्लेषणको लागि सौर्य प्रकाश चाहिँदैन । ii. कम तापक्रममा मात्र बाँच्न सक्छ
Iii. पोषणको लागि सूक्ष्मजीवहरूमा निर्भर गर्दछ । Iv. गर्भाधानको लागि पानी चाहिन्छ ।
उत्तरः iv गर्भाधानको लागि पानी चाहिन्छ ।समिराले प्रयोगशालामा जीवहरूको स्पेसिमेन अवलोकन गर्दा दुवै जीव लामो र वेलनाकार पाइन् । उनले जीव A को शरीर खण्ड खण्ड परेको र जीव B को शरीर खण्ड नपरेको पाइन । माथीका विशेषता अध्ययन गरी उक्त जीवहरू सम्बन्धी तलका मध्ये कुन कथन सही छ ।
i. जीव A डिप्लोब्लास्टिक हो भने जीव B ट्रिप्लोब्लास्टिक हो ।
ii. जीव A ट्रिप्लोब्लास्टिक हो भने जीव B डिप्लोब्लास्टिक हो ।
Iii. जीव A मा रक्त सञ्चार प्रणाली हुन्छ भने जीव B मा हुँदैन ।
Iv. जीव B मा रक्त सञ्चार प्रणाली हुदैन भने जीव B मा हुन्छ ।
उत्तरः Iii. जीव A मा रक्त सञ्चार प्रणाली हुन्छ भने जीव B मा हुँदैन ।तलका मध्ये कुन समूह लोपोन्मुख जनावरको समूह हो ?
i. कृष्णसार, जङ्गली याक, एक सिंगे गैँडा ii. हिमाली भालु, पाटे बाघ, स्याल
Iii. हाब्रे, पुड्के बँदेल, मृग Iv. हिउँ चितुवा, जङ्गली हात्ती, घोडा
उत्तरः i. कृष्णसार, जङ्गली याक, एक सिंगे गैँडापृथ्वीको सतहमा गुरुत्वप्रवेगको मान g छ, यदि पृथ्वीको पिण्ड र अर्धव्यास दुवैलाई आधा आधा पार्यो भने यसको सतहमा गुरुत्वप्रवेग कति हुन्छ ?
i. g ii. 2g Iii. 3g Iv. 4g
उत्तरः ii. 2gचित्रमा देखाइएको उपकरण कुन सिद्धान्तमा आधारित छ ?
i. पास्कलको नियम ii. आर्किमिडिजको सिद्धान्त Iii. गुरुत्वाकर्षणको नियम Iv. न्युटनको नियम
उत्तरः i. पास्कलको नियम
सोनीले प्रिज्मबाट हुने प्रकाशको बिच्छेदनका क्रममा देखिने बैजनी निलो, पहेंलो र रातो रङका प्रकाशका किरणको प्रिज्मभित्रका बेगलाई क्रमशः ev, eb, ey र er नामाकरण गरिन् । उनले ती रङका वेगहरूको क्रम मिलाउँदा कुन क्रम सही हुन्छ ?
i. er < ey < eb < ev ii. er > ey > eb > ev Iii. er < eb > ey < ev Iv. er > eb > ey > ev
उत्तरः ii. er > ey > eb > evकुन अवस्थामा समतल ब्रह्माण्डको परिकल्पना गर्न सकिन्छ ?
i. औसत घनत्व र चरम घनत्व बराबर भएको अवस्थामा
ii. औसत घनत्व, चरम घनत्वभन्दा कम भएको अवस्थामा
Iii. औसत घनत्व, चरम घनत्व भन्दा बढि भएको अवस्थामा
Iv. औसत घनत्व र चरम घनत्व तुलना गर्न नसकिने अवस्थामा
उत्तरः i. औसत घनत्व र चरम घनत्व बराबर भएको अवस्थामादिइएको समिकरणमा X के हो ?
NaOH + X NaCl + H2O
i. NaH ii. Cl2 Iii. HCl Iv. H2O + Cl2
उत्तरः iii.कार्वनिक पदार्थहरू जस्तै खेर गएको खाद्य पदार्थ, मानिस र जनावरहरूको मलमुत्र, फोहर आदि जल प्रदुषणका मुख्य स्रोतहरू हुन् । पानीमा हुने अत्यधिक कार्वनिक पदार्थहरूले जलिय जीवनहरूलाई हानी पुर्याउने कारण तलका मध्ये कुन हो ?
i. जलिय जीवहरूलाई ठाउँको अभाव हुनु
ii. सूक्ष्मजीवहरूले कुहिने कार्वनिक पदार्थहरूबाट अक्सिजन उपभोग गर्ने भएकाले
Iii. सानो जनावरहरूले कार्वनिक पदार्थहरूलाई खानाले ।
Iv. कार्वनिक पदार्थ कुहिँदा पानीको तापक्रम बढ्नाले ।
उत्तरः ii. सूक्ष्मजीवहरूले कुहिने कार्वनिक पदार्थहरूबाट अक्सिजन उपभोग गर्ने भएकाले
समुह (ख)
अति छोटो उत्तर लेख्नुहोस्।
आश्रित चर भनेको के हो ?एउटा उदाहरण पनि लेख्नुहोस् ।
उत्तरः प्रयोगकर्ताले प्रत्यक्ष निर्धारण गर्न नमिल्ने र अन्य चरको मानमा निर्भर रहने चरलाई आश्रित चर भनिन्छ । जस्तैः कागजको गोलीले पार गर्ने दुरी ।उर्ध्वचाप र विस्थापित तरलको तौलबिचको सम्बन्ध लेख्नुहोस् ।
उत्तरः तरल पदार्थले दिने उर्ध्वचाप विस्थापित तरलको तौलसँग बराबर हुन्छ ।पोखरीमा पानीको गहिराई वास्तविक गहिराईभन्दा कम देखिन्छ ? किन?
उत्तरः पोखरीको पिँधबाट आएका प्रकाशका किरणहरू पानीको सतहबाट बाहिर हावामा निस्कदा प्रकाशको आवर्तनको कारणले नर्मलबाट टाढा बाङ्गिएर गई हाम्रो आखाँमा पर्दा पोखरीको पिँध नै केही माथि उठेको देखिन्छ जसले गर्दा पोखरीमा पानीको गहिराई वास्तविक गहिराईभन्दा कम देखिन्छ ।एउटा लेन्सको सामथ्र्य 1 डाओप्टर छ भने उक्त लेन्सको केन्द्रीकरण दुरी कति होला ?
उत्तरः लेन्सको सामर्थ्य (P) =1/केन्द्रीकरण दुरी (f), त्यसैले लेन्सको सामर्थ्य 1D छ भने उक्त लेन्सको केन्द्रीकरण दुरी 1m हुन्छ ।घरको कोठामा भएको पङ्खाको स्विच अन गर्दा पङ्खा घुम्दछ । यसमा विद्युतको कुन सिद्धान्त प्रयोग भएको छ ?
उत्तरः यसमा विद्युत्को मोटर असरको सिद्धान्त प्रयोग भएको छ ।ब्रह्माण्डमा भएका ठुला पिण्डहरूको अस्तित्वका लागि कुन बल जिम्मेवार रहन्छ ?
उत्तरः ब्रह्माण्डमा भएका ठुला पिण्डहरूको अस्तित्वका लागि गुरुत्वाकर्षण बल जिम्मेवार रहन्छ ।फलामको मुख्य धाउको नाम लेख्नुहोस् ।
उत्तरः फलामका मुख्य धाउहरूको नाम हेमाटाइट र म्याग्नेटाइट हुन् ।सक्रिय धातुको रिडक्सन इलेक्ट्रो रिफाइनिङ्ग विधिबाट मात्र सम्भव हुन्छ, किन?
उत्तरः सक्रिय धातुका अक्साइड धेरै स्थिर हुने भएकाले यिनीहरूको रिडक्सन इलेक्ट्रो रिफाइनिङ विधिबाट मात्र सम्भव हुन्छ ।दिइएको यौगिकको आणविक सुत्र लेख्नुहोस् ।
उत्तरः दिइएको यौगिकको आणविक सूत्र C3H6.
समुह (ग)
छोटो उत्तर लेख्नुहोस्।
पोटेन्सियल डिफरेन्सको एकाइ V=Kgm2s-3A-1 हुन्छ भनी प्रमाणित गर्नुहोस् ।
उत्तरःजिम्नोस्पर्मको कुनै दुई विशेषताहरू लेख्नुहोस् ।
उत्तरः 1. विउ फलबिनाको नाङ्गो हुन्छ।
2. पात सियो जस्तो चुच्चो हुन्छ।दिइएको अवधारणा चित्रमा A र B ले कुन प्रक्रियालाई जनाउँदछ ?
उत्तरः A: पार्थेनोजेनेसिस
B: गर्भाधान
डिप्लोइड कोष र ह्याप्लोइड कोष बिच दुईओटा भिन्नताहरू लेख्नुहोस् ।
उत्तरः
कुन कुन दुई अवस्थामा महिलाको प्रजननलाई इन भिट्रो फट्रिलाइजेसनले सहयोग पुर्याउँछ ?
उत्तरः प्रजनन क्षमता कम भएका र
आनुवांशिक समस्या भएको अवस्थामा महिलाको प्रजननलाई IVF ले सहयोग पुर्याउँछ।शिराहरूमा भल्भ हुन्छ तर धमनीमा हुदैन, किन ?
उत्तरः शिरामा रगतको गति र चाप दुवै कम हुन्छ जसको कारणले रगत उल्टो दिशातिर पनि फर्कन सक्ने हुनाले यसलाई रोक्न शिरामा भल्भहरू हुन्छन् । तर धमनीमा रगतको गति र चाप बढी हुने हुनाले धमनीमा भल्भ हुँदैन ।सँगै दिइएका चित्रहरू अध्ययन गर्नुहोस् ।
चित्र A मा दिइएको विरुवाको एउटा महत्व उल्लेख गर्नुहोस् ।
उत्तरः चित्र (a) मा दिइएको बिरुवा निम हो । उच्च रक्तचाप कम गर्न निमको प्रयोग गरिन्छ ।चित्र B मा दिइएको विरुवाको कुन भाग बढी उपयोगी हुन्छ ?
उत्तरः चित्र (b) मा दिइएको बिरुवाको परिवर्तित काण्ड(राइजोम) बढी उपयोगी हुन्छ ।
स्वतन्त्र खसाइको कुनै दुई ओटा उदाहरण दिनुहोस् ।
उत्तरः 1. शुन्यमा
2. अन्तरिक्षयानमाकुनै h उचाई भएको स्तम्भको टुप्पोबाट एउटा वस्तु खसाइएको छ, त्यही समयमा सो स्तम्भको फेदबाट 20 m/s को गतिमा अर्को वस्तु आकास तिर फ्याँकिएको छ । दुई (२) सेकेन्ड पछि तिनीहरू एउटै विन्दुमा पुग्छन् भने सो स्तम्भको उचाई निकाल्नुहोस् । (g = 10 m/s2)
उत्तरः
टावरको कुल उचाई 40 मिटर रहेको छ।स्टेपअप र स्टेपडाउन ट्रान्सफर्मरको एक,एक उपयोगिता लेख्नुहोस् ।
उत्तरः स्टेप अपको उपयोगिताः विद्युत प्रसारण लाईनमा र
स्टेप डाउनको उपयोगिताः कम पोटेन्सियल फरकमा कार्य गर्ने विद्युतीय उपकरणमा प्रयोग गरिन्छचित्रमा a.c. जेनेरेटरको क्वाइल दे्खाइएको छ । उक्त जेनेरेटरमा उपपादित इलेक्ट्रोमेटिभ फोर्सको मात्रा बढाउने कुनै दुईओटा उपायहरू लेख्नुहोस् ।
उत्तरः चुम्बकीय शक्तिको मात्रा बढाउने
क्वाइलको फन्कासंख्या बढाउने
क्वाइल र चुम्बकबिचको दुरी घटाउने
मानौँ कोनिकल फ्लाक्स P र Q मा बराबर आयतनको हाइड्रोजन पेरोअक्साइड राखिएको छ । यदि P र Q फ्लास्कहरुमा केही मात्रामा क्रमशः MnO2 र H3PO4 क्रमशः राखियो भने कुन कोनिकल फ्लाक्समा रासायनिक प्रतिक्रियाको दर बढी हुन्छ ? कारणसहित लेख्नुहोस् ।
उत्तरः MnO2 राखिएको फ्लास्कमा रासायनिक प्रतिक्रियाको दर बढी हुन्छ किनकी MnO2 सकारात्मक उत्प्रेरक हो भने, H3PO4 नकारात्मक उत्प्रेरक हो।कुनै एक हाइड्रोकार्वनको यौगिक A लाई बायोलोजिकल स्पेसिमेन सुरक्षित राख्न र अर्को हाइड्रोकार्वन B लाई मिठाई गुलियो बनाउन प्रयोग गरिन्छ । तलका प्रश्नहरूको उत्तर दिनुहोस् ।
यौगिक A को IUPAC नाम लेख्नुहोस्।
उत्तरः ईथानोलयौगिक B को संरचनात्मक सुत्र लेख्नुहोस्।
उत्तरः
बोजोको दैनिक जीवनमा कुनै दुई उपयोगिता लेख्नुहोस् ।
उत्तरः क. बोजो घाँटीको समस्याको लागि प्रयोग गरिन्छ
ख. बोजो पाचन विकार र दुखाइको उपचारको लागि पर्योग गरिन्छ।
समुह (घ)
चित्र अध्ययन गरी तलका प्रश्नको उत्तर लेख्नुहोस्।
माथि उल्लेखित प्रविधिको प्रयोग हुने कुनै दुई उदाहरणहरू लेख्नुहोस् ।
उत्तरः वाईफाई , मोबाईल फोनTransmitter र Receiver को कार्यहरू लेख्नुहोस् ।
उत्तरः Transmitter को कार्यः सिग्नललाई आवश्यक प्रक्रिया अपनाई च्यानलमा प्रसारण गर्ने
Receiver को कार्यः प्राप्त सिग्नललाई आवश्यक रुपमा परिवर्तन गर्नु
एउटा परिवारमा दुईजना छोरीहरूमात्र छन् । के उक्त परिवारमा श्रीमान्को शुक्रकीटमा Y क्रोमोजोम उत्पादन हुंदैन भन्ने अर्थ लाग्छ ? लिङ्ग निर्धारण चार्ट सहित व्याख्या गर्नुहोस् ।
उत्तरः लाग्दैन । यसको लागि निम्न चार्टको प्रयोगद्वारा व्याख्या गर्न सकिन्छ
दिइएको चित्रमा रगतको बनावट देखाइएको छ । चित्र हेरी तलका प्रश्नहरूको उत्तर लेख्नुहोस् ।
B को नाम लेख्नुहोस् ।
उत्तरः सेता रक्तकोषA को सङ्ख्या रगतमा कम देखियो भने कुन रोग लाग्छ?
उत्तरः रक्त अल्पता (एनिमिया)C का मुख्य कार्य के हो?
उत्तरः घाउ चोटपटक लाग्दा रगत जमाउनेB को आयु कति हुन्छ?
उत्तरः दुई हप्ता
सँगैको तालिका अध्ययन गरी सोधिएका प्रश्नको जवाफ दिनुहोस् ।
प्रत्येक धातुको बराबर पिण्डलाई तताएर समान तापक्रममा पुर्याई हावामा छोड्दा कुनचाहिँ छिटो सेलाउँछ ? किन ?
उत्तरः बस्तु A छिटो सेलाउँछ किनकी, यसको विशिष्ट ताप धारण क्षमता सबैभन्दा कम छ, त्यसैले यो छिटो सेलाउँछ ।सबै धातुको बराबर पिण्डलाई समान तापक्रम बृद्धि गर्न कुनलाई बढी तापशक्ति चाहिन्छ ? किन ?
उत्तरः बस्तु C लाई बढी तापशक्ति चाहिन्छ, किनकी C को विशिष्ट ताप धारण क्षमता बढि छ, यसलाई अरु बस्तुको समान तापक्रम बढाउन बढी तापशक्ति चाहिन्छ।
एकजना मानिसले आँखाबाट टाढा लगेर मात्र किताब पढ्न सक्छ । यस तथ्यका आधारमा निम्न प्रश्नहरूको उत्तर लेख्नुहोस् ।
आँखाको कमजोरी कुन प्रकारको हो ?
उत्तरः उक्त कमजोरी दुर दृष्टि हो ।यो कमजोरी हुनाको एउटा कारण लेख्नुहोस् ।
उत्तरः उत्तरः यो कमजोरी हुनुको कारण पर्याप्त रुपमा सिलियरी मांशपेशी खुम्चन नसक्नु हो ।यो कमजोरी हटाउँन तपाई के सल्लाह दिनुहुन्छ ?
उत्तरः उपर्युक्त सामर्थ्यको कन्भेक्स लेन्स प्रयोग गर्नेयो कमजोरी सच्याइएको चित्र बनाउनुहोस् ।
उत्तरः उक्त कमजोरी हटाइएको चित्र यस प्रकारको छ ।
A, B, C, D, E, F, G, र H आठ तत्वहरूको परमाणुमा अर्विटको संख्या बराबर छ तर संयुज्यता सूचक इलेक्ट्रोनको संख्या फरक छ । तत्व A र G संयोजन भइ आयोनिक यौगिक बनाउंछ । यो रसायन दैनिक खाना बनाउने क्रममा तरकारीमा प्रयोग गरिन्छ । A र B को अक्साईड क्षारिय हुन्छन्, जवकी E र F अम्लीय हुन्छन् । D को अक्साईड तटस्थ हुन्छ । यसको आधारमा निम्नप्रश्नहरूको उत्तर दिनुहोस् ।
सूचिबद्ध तत्वहरू आधुनिक पेरियोडिक तालिकाको कुन पिरियडसँग सम्बन्धित छन् ?
उत्तरः उक्त तत्वहरु आधुनिक पेरियोडिक तालिकाको तेस्रो पिरियडसँग सम्बन्धित छन् ।सूचिबद्ध तत्वहरूमध्ये सबैभन्दा सक्रिय धातु र अधातुको सङ्केत लेख्नुहोस् ।
उत्तरः A: सक्रिय धातु G: सक्रिय अधातुरासायनिक प्रतिक्रयामा भाग नलिने तत्वको संकेत लेख्नुहोस् ।
उत्तरः Ar (Argon)तत्व B र F बिच एउटा महत्वपूर्ण फरक लेख्नुहोस् ।
उत्तरः B धातु हो भने F अधातु हो।
प्रयोगशालामा कार्बन डाइअक्साइड ग्याँस बनाउने विधिको सफा चित्र बनाइ नामाकरण गर्नुहोस् । उक्त ग्याँसको परीक्षण लिटमस पेपरको सहायताले कसरी गरिन्छ ? लेख्नुहोस् ।
उत्तरः कार्वन डाइअक्साइडको परिक्षण गर्न निलो लिटमस पेपर प्रयोग गरिन्छ। यो ग्याँसमा अम्लिय गुण हुने भएकोले निलो लिटमस पेपरलाई रातो बनाउँछ।
No comments:
Post a Comment