तलका प्रश्नको सही विकल्प छान्नुहोस:
सोडियम क्लोराइड र सिल्भर नाइट्रेटबिच हुने रासायनिक प्रतिक्रिया कुन हो ?
(अ) संयोजन प्रतिक्रिया (आ) विभाजन प्रतिक्रिया
(ई) दोहोरो विस्थापन प्रतिक्रिया (इ) एकल विस्थापन प्रतिक्रिया
क्याल्सियम कार्बोनेटलाई तताउँदा हुने रासायनिक प्रतिक्रिया कुन प्रकारको हो ?
(अ) संयोजन प्रतिक्रिया (आ) विभाजन प्रतिक्रिया
(इ) अम्ल क्षार प्रतिक्रिया (ई) विस्थापन प्रतिक्रिया
२. कारण दिनुहोस् :
हाइड्रोजन पेरोअक्साइडलाई पारदर्शी भाँडामा राखिँदैन ।
हाइड्रोजन पेरोक्साइडलाई पारदर्शी भाँडामा राख्दा प्रकाश सजिलै छिर्ने हुँदा प्रकाशको
उपस्थितिमा हाइड्रोजन पेरोक्साइड विच्छेदन भइ पानी र अक्सिजन बन्दछन् त्यसैले
हाइड्रोजन पेरोक्साइडलाई पारदर्शी भाँडामा राखिँदैन।
अम्ल क्षार प्रतिक्रियालाई निराकरण प्रतिक्रिया भनिन्छ ।
अम्ल र क्षारबिच रासायनिक प्रतिक्रिया हुँदा अम्ल र क्षार दुवैको रासायनिक गुणहरु
हराउँछन् र तटस्थ गुण भएको पानी र लवण बन्दछन्। त्यसैले अम्ल क्षार प्रतिक्रियालाई
निराकरण प्रतिक्रिया भनिन्छ ।
रासायनिक प्रतिक्रियाको गति प्रतिक्रिया अनुसार फरक हुन्छ।
रासायनिक प्रतिक्रियामा भाग लिने पदार्थहरुको रासायनिक गुण, गाढापन,भौतिक अवस्था,
वातावरणिय प्रभाव आदि फरक फरक हुन्छ। जसले गर्दा रासायनिक प्रतिक्रियामा भाग
लिँदा संयोजन हुने,विच्छेदन हुने, घुल्ने क्षमता फरक हुन्छ। जसको फलस्वरुप एकाइ समयमा
हुने रासायनिक परिवर्तनको दर पनि फरक हुन्छ। त्यसैले रासायनिक प्रतिक्रियाको गति प्रतिक्रिया
अनुसार फरक हुन्छ।
३. फरक लेख्नुहोस् :
एकल र दोहोरो विस्थापन रासायनिक प्रतिक्रिया
संयोजन र विच्छेदन प्रतिक्रिया
रासायनिक प्रतिक्रियाको दर भनेको के हो ? रासायनिक प्रतिक्रियाको दरलाई असर पार्ने कुनै चार तत्त्व उल्लेख गर्नुहोस् ।
एकाइ समयमा प्रतिक्रियारत पदार्थ उत्पादित पदार्थमा परिवर्तन हुने गतिलाई रासायनिक प्रतिक्रियाको दर भनिन्छ।
रासायनिक प्रतिक्रियाको दरलाई असर पार्ने कुनै चार तत्त्वहरु यस प्रकार छन्।
क. उत्प्रेरक
ख. ताप
ग. चाप
घ. प्रकाश
No comments:
Post a Comment