नाम: केशव न्यौपाने
तादी-05, नुवाकोट
तलका प्रश्नको सही विकल्प छनोट गर्नुहोस् :
तलका मध्ये कुन आधारभूत एकाइ हो?
अ) न्युटन आ) पास्कल
इ) किलोग्राम ई) जुल
दिइएका मध्ये कन भौतिक परिमाणको एकाइ m/s हुन्छ
अ) प्रवेग आ) गति
इ) बल ई) घनत्व
तलका मध्ये कुन तत्जन्य एकाइ हो?
अ) क्यान्डेला आ) एम्पियर
इ) जुल ई) केल्भिन
तलका मध्ये कुन आधारभूत एकाइको समूहले बलको एकाइ न्युटन (N) तत्जन्य एकाइ जनाउँछ?
कारण दिनुहोस्।
क) कार्यको एकाइ जुल तत्जन्य एकाइ हो ।
ख) प्रयोग गर्दा केही चरहरूलाई नियन्त्रण गर्नुपर्छ ।
कुनै पनि प्रयोगमा स्वतन्त्र चर आश्रित चर र नियन्त्रित चर गरी तीन प्रकारका चर हुन्छन् । प्रयोग गर्दा स्वतन्त्र चरले आश्रित चरमा पार्ने प्रभावलाई अध्ययन गर्ने गरिन्छ र अन्य चरहरुलाई नियन्त्रण नगरेमा अनुसन्धानको नतिजा वैध, विश्वसनीय र प्रामाणिक नहुन सक्छ जसको कारण प्रयोग गर्दा केही चरहरुलाई नियन्त्रण गर्नु आवश्यक हुन्छ।
ग) v2 = ut हुँदैन।
३. फरक लेख्नुहोस् :
क) स्वतन्त्र र आश्रित चर
ख) आधारभूत र तत्जन्य एकाइ
४. दिइएका प्रश्नको उत्तर दिनुहोस् :
क) एकाइ भनेको के हो
भौतिक परिमाणका नापका प्रमाणिक परिमाणलाई एकाइ भनिन्छ।
ख) पिण्ड, तापक्रम, शक्ति र घनत्वका एकाइहरू लेख्नुहोस् ।
ग) समीकरणमा एकाइको एकरूपता कसरी जाँच गरिन्छ ? उदाहरणसहित प्रस्ट पार्नुहोस् ।
समिकरणमा एकाइको एकरुपता जाँच गर्नको लागि समिकरणको बाँया र दाँया पट्टिको भौतिक परिमाणको एकाइ उस्तै छ कि छैन हेर्नुपर्छ। यदि दुवैपट्टिको परिमाणको आधारभुत एकाइमा एकरुपता छ भने उक्त समिकरण मान्य हुन्छ।
जस्तै: v = u+at
घ) चापको एकाइमा रहेका आधारभूत एकाइहरू लेख्नुहोस् ।
चापको आधारभुत एकाइ:
ङ) दिइएको तत्जन्य एकाइमा प्रयोग भएका आधारभूत एकाइ पत्ता लगाउनुहोस् :
च) निभाले सामर्थ्यको सूत्र, P = mv2 अनि चापको सूत्र P = mv/A हुन्छ भनी दावी गरिन् । एकाइको विश्लेषणबाट निभाले दिएका सूत्रको मान्यता जाँच गर्नुहोस् ।
छ) स्वतन्त्र चर, आश्रित चर र नियन्त्रित चरलाई उदाहरणसहित व्याख्या गर्नुहोस् ।
स्वतन्त्र चर:
प्रयोगकर्ताले आफैले मान तय गर्न सक्ने चर वा अन्य चरमा भर नपर्ने चरलाई स्वतन्त्र चर भनिन्छ। यो अनुसन्धानको लागि लिइने कारक तत्व हो। जस्तै गुलेली हान्दा रबर कति तन्काउने भन्ने कुरा अनुसन्धानकर्ताले निर्धारण गर्न सक्छ। यहाँ गुलेलीको तन्काइ स्वतन्त्र चर हो।
आश्रित चर:
स्वतन्त्र चरको कारणवाट प्रभावित भइ असर देखिने चरलाइ आश्रित चर भनिन्छ। यो स्वतन्त्र चरको असर हो। जस्तै गुलेलीको गोलीले कति दुरि पार गर्छ भन्ने कुरा रबरको तन्काइमा भर पर्छ। रबर जति धेरै तन्कायो गोलीले पार गर्ने दुरि बढ्दै जान्छ। यहाँ गोलीले पार गर्ने दुरी गुलेलीको तन्काइमा भर पर्ने भएकोले, पार गर्ने दुरी आश्रित चर हो।
नियन्त्रित चर:
अनुसन्धानको निष्कर्षलाई विश्वसनिय बनाउन तथा शुद्धता कायम गर्नको लागि तोकिएको स्वतन्त्र चर र आश्रीत चर बाहेक अन्य चरलाई नियन्त्रण गर्नुपर्छ ताकि तिनिहरुले नतिजामा असर नगरोस। यसरी नियन्त्रण गरिने चरलाई नियन्त्रित चर भनिन्छ। जस्तै गुलेली को प्रयोगमा रबरको मोटाइ फरक फरक प्रयोग गर्ने हो भने नतिजा फरक पर्न सक्छ। त्यसैले रबरको मोटाइलाई नियन्त्रित चर भनिन्छ।
ज) कर्माले केही तारका टुक्रा प्रयोग गरेर एउटा ड्राइसेललाई चिममा जोडी बत्ती बाले । उनलाई प्रयोग गरिएका तारको मोटाइले ड्राइसेलको आयुलाई कसरी असर गर्छ भनेर जान्न मन लाग्यो । यसबारे उनले गर्ने परीक्षणमा स्वतन्त्र चर, आश्रित चर र नियन्त्रित चर छुट्याउनुहोस् ।
स्वतन्त्र चर :- तारको मोटाइ,
आश्रित चर :- ड्राइ सेलको आयु
नियन्त्रित चर :- तारको लम्बाई, ड्राइसेलको भोल्टेज आदी
झ) चाँदनीलाई माटामा मिसिएका वस्तुले विरुवाको वृद्धिमा के असर पार्छ भनी अनुसन्धान गर्न मन लाग्यो । उनले माटामा चुन, युरिया मल खाने नुन र कम्पोस्ट मलको असर जाँच्ने निधो गरिन् । त्यसपछि वारीबाट एक बाल्टी राम्रो माटो ल्याइन् र त्यसलाई राम्ररी चालिन् । त्यो माटालाई १२ ओटा एकैनासे गमलामा बराबर राखिन् । तीनओटा गमलामा दुई दुई चम्चा चुन अर्को तीनओटा गमलामा दुई दुई चम्चा युरिया मल, अर्को तीनओटा गमलामा दुई दुई चम्चा खाने नुन र अर्को तीनओटा गमलामा दुई दुई चम्चा कम्पोस्ट मल हालिन् । त्यसपछि सबै गमलामा एकै नासका बिउ रोपेर सबैलाई घरको पेटीको घाम लाग्ने ठाउँमा राखिन् । प्रत्येक दिन सबै गमलामा पानी हालिन् र बिरुवा उम्रेपछि दैनिक प्रत्येक बिरुवाको उचाइ नापेर अभिलेख राखिन् ।
अ) चाँदनीको प्रयोगमा स्वतन्त्र चर, आश्रित चर र नियन्त्रित चर छुट्याउनुहोस् ।
स्वतन्त्र चर :- माटोमा मिसिएका वस्तु
आश्रित चर :- विरुवाको वृद्धि
नियन्त्रित चर :- माटोको प्रकार, माटोको मात्रा, बिउ, पानीको मात्रा, उचाइ नाप्ने समय, तापशक्ति
आ) चाँदनीले किन हरेक मिसावटका लागि तीन तीनओटा गमला प्रयोग गरेकी होलिन् ?
एउटा मात्र गमलाको प्रयोग गरी अनुसन्धान गर्दा नतिजाको बैधता र विश्वसनियता नहुन सक्छ। यदि तीन गमलाको नतिजा हेर्दा प्रिसाइज नतिजा आयो भने उक्त नतिजा बढि बैधता हुन्छ। त्यसै गरि कहिलेकाँही अरु थाहा नभएको चरले नतिजा केही तल माथी हुनसक्छ। त्यस्तो अवस्थामा औषत नतिजा निकाल्न सकिन्छ त्यसैले चाँदनीले तीन तीन ओटा गमला प्रयोग गरेकी हुन्।
ञ) सुबोधले वस्तुको रङले उसको ताप धारण गर्न सक्ने क्षमतालाई कसरी फरक पार्छ भनी पत्ता लगाउन चाहे त्यसका लागि उनले चारओटा कोनिकल फ्लाक्स लिए र पहिलोमा कालो इनामेल, दोस्रोमा सेतो इनामेल, तेस्रोमा हरियो इनामेल र चौथोमा रातो इनामेल पोते । त्यसपछि प्रत्येक फ्लाक्समा पानी भरेर तिनीहरूको मुख कर्कले बन्द गरी घाममा राखे । केही समयपछि थर्मोमिटरको सहायताले प्रत्येक फ्लाक्सको पानीको तापक्रम नापे र टिपोट गरे।
(अ) सुबोधको यस प्रयोगमा स्वतन्त्र घर र आश्रित घर छुट्याउनुहोस् ।साथै सुबोधले कुन कुन चरलाई नियन्त्रण गर्नु पर्ला लेख्नुहोस् ।
स्वतन्त्र चर :- वस्तुको रङ
आश्रित चर :- वस्तुको तापधारण क्षमता
साथै सुबोधले नियन्त्रण गर्नुपर्ने चरहरु:- कोनिकल फ्लाक्सको साइज, पानीको मात्रा, तापशक्ति, प्रकाशको मात्रा आदी
ट) मनिषालाई आफ्नो कुकुरको खाना खाने तरिकासम्बन्धी परीक्षण गर्न मन लाग्यो । उनले खानाको मात्रा र खाना दिने समयले कुकुरले खाना खाने गतिलाई कसरी फरक पार्छ भनी अध्ययन गर्ने विचार गरिन् । मनिषाको यो
प्रयोगको ढाँचामा के गल्ती छ र त्यसलाई उनले कसरी सुधार्न सक्छिन् ?
उनले एकपटकमा दुइवटा स्वतन्त्र चर, खानाको मात्रा र खाना दिने समय लिनु नै उनको ढाँचामा भएको गल्ती हो। किनकि कुनै पनि परीक्षणमा एकमात्र स्वतन्त्र र एकमात्र आश्रित चर एउटा आनुसन्धानका लागि लिइ अन्य चरलाइ नियन्त्रण गर्नुपर्दछ।
मनिषाले यो प्रयोगको ढाँचा सुधार्न उनले २ वटा अनुसन्धान गर्नुपर्दछ, जसका लागि एकपटक खानाको मात्रा र कुकुरले खाना खाने गतिबिच तथा अर्कोपटक खाना दिने समय र कुकुरले खाना खाने गतिबिचको सम्बन्धको बेग्लाबेग्लै अध्ययन गर्नुपर्छ।
ठ) विद्युत् अवरोधको एकाइ ओहम् =kgm2s-3A-2 हुन्छ भनी प्रमाणित गर्नुहोस् ।
No comments:
Post a Comment