पाठ १९ दैनिक जीवनमा प्रयोग हुने रसायन हरु

 पाठ १९ः दैनिक जीवनमा प्रयोग हुने रसायनहरु

                                    




  1. तलका प्रश्नको सही विकल्प छनोट गर्नुहोस् :

  1. डिटरजेन्टलाई किन सोपलेस सोप भनिन्छ ?

(अ) साबुन जस्तै यसले पनि कडा पानीमा फिंज दिँदैन ।

(आ) साबुनको जस्तै यसको रासायनिक प्रकृति हुन्छ ।

(इ) साबुन जस्तै यसले सफा गर्छ र यसलाई कडा पानीमा प्रयोग गर्न सकिन्छ ।

(ई) साबुन जस्तै सफा गर्छ तर यसको रासायनिक प्रकृति भने फरक हुन्छ ।

  1. तलका मध्ये कुन कीटनाशकको समूह हो ?

(अ) पोटासियम क्लोराइड, एल्ड्रिन, बेन्जिन हेक्जा क्लोराइड

(आ) डिडिटी, सोडियम क्लोराइड, एल्ड्रिन

(इ) डायल्ड्रिन, डिडिटी, मेथोक्सि क्लोराइड

(ई) पोटासियम क्लोराइड, एल्ड्रिन, मालाथिन

  1. Sodium stearate यौगिक दिइएका मध्ये कुनअन्तर्गत पर्दछ?

(अ) साबुन 

(आ) डिटरजेन्ट

(इ) कीटनाशक

(ई) खाद्य परिरक्षी

  1. डिटरजेन्टको मुख्य प्रयोग केका लागि गरिन्छ ?

(अ) हात खुट्टा सफा गर्नका लागि

(आ) नुहाउनका लागि

(इ) लुगा धुनका लागि

(ई) शौचालय सफाइ गर्नका लागि

  1. कुन यौगिक फलफूल पकाउनका लागि प्रयोग गरिन्छ ?

(अ) क्याल्सियम कार्बाइड 

(आ) क्याल्सियम कार्बोनेट

(इ) सोडियम सल्फेट

(ई) सोडियम कार्बोनेट


  1. फरक लेख्नुहोस् :

  1. रासायनिक कीटनाशक विषादी र जैविक कीटनाशक विषादी


रासायनिक कीटनाशक विषादी

जैविक कीटनाशक विषादी

यो रासायनिक विधीवाट प्रयोगशालामा तयार गरिन्छ।

यसलाई जैविक बनस्पतिहरुको संयोजनवाट तयार गरिन्छ।

यसले प्रदुषण गर्छ।

यसले प्रदुषण गर्दैन।

यसले वातावरणीय असन्तुलन गराउँछ।

यसले वातावरणीय असन्तुलन गराउँदैन।


  1. रासायनिक खाद्य परिरक्षी र प्राकृतिक खाद्य परिरक्षी


रासायनिक खाद्य परिरक्षी

प्राकृतिक खाद्य परिरक्षी

त्यस्तो रासायनिक पदार्थ जसले खानामा हुने सूक्ष्म कीटाणु र जीवाणुको वृद्धि विकासलाई नियन्त्रण गर्दछन् त्यसलाई रासायनिक खाद्य परिरक्षी भनिन्छ।

त्यस्तो प्राकृतिक पदार्थ जसले खानामा हुने सूक्ष्म कीटाणु र जीवाणुको वृद्धि विकासलाई नियन्त्रण गर्दछन् त्यसलाई प्राकृतिक खाद्य परिरक्षी भनिन्छ।

मानिसको स्वास्थ्यमा नकारात्मक असर गर्न सक्छन् । 

मानिसको स्वास्थ्यमा नकारात्मक असर गर्दैनन् । 

यिनीहरू तुलनात्मक रूपमा महङ्गो हुन्छन् । 

यिनीहरू तुलनात्मक रूपमा सस्तो हुन्छन् । 




  1. साबुन र डिटरजेन्ट


साबुन

डिटरजेन्ट

बोसोलाई अल्कालीसँग प्रतिक्रिया गराई साबुन तयार गरिन्छ।

हाइड्रोकार्बनवाट संश्लेषित रुपमा प्राप्त हुन्छ।

यो डिटरजेन्टभन्दा कम घुलनशिल  हुन्छ।

यो साबुनभन्दा बढि घुलनशिल हुन्छ।

यसले कम प्रदुषण गर्छ।

यसले बढि प्रदुषण गर्छ।



  1. कारण लेख्नुहोस् :

  1. DDT पाउडरको प्रयोगले पारिस्थितिक पद्धतिमा असन्तुलन ल्याउँछ।

उत्तरः DDT पाउडरको प्रयोगले भौतिक तथा जैविक वातावरण प्रदुषित गराउँछ। यसबाट जलन जमिन र वायु प्रदुषित हुन्छ। यसले गर्दा जीवहरुको पारिस्थिति प्रणालीको  सन्तुलन नकारात्मक असर गर्छ। जीव तथा वनस्पतिको जीवनचक्र, वृद्धि, प्रजनन क्षमतामा नकारात्मक असर गर्छ। त्यसबाट चराहरुको, माछाहरुको प्रजनन क्षमतामा ह्रास आउँछ र पारिस्थितिक असन्तुलन ल्याउँछ।



  1. रासायनिक विषादीको प्रयोग घटाउँदै लैजानु पर्दछ ।

उत्तरः रासायनिक विषादीको प्रयोगले, भौतिक तथा जैविक वातावरण प्रदुषित गर्ने, पारिस्थितिक असन्तुलन ल्याउछन्। त्यसैगरी, जीव तथा वनस्पतिहरुको जीवनचक्र, प्रजनन क्षमता, रोग प्रतिरोधात्मक क्षमता ह्रास गर्नुको साथै, मानन स्वास्थ्यमा समेत गम्भिर असर गर्ने भएकोले विषादीको प्रयोग घटाउनुपर्छ। 


  1. साबुन बनाउँदा खाने नुनको प्रयोग गरिन्छ ।

उत्तरः साबुन बनाउने प्रकृयामा, नुनको घोल मिसाउँदा, साबुनलाई उक्त मिश्रणको घोलबाट छुट्याउन सजिलो हुन्छ, त्यसैले नुन प्रयोग गरिन्छ।



  1. अचार धेरै दिनसम्म राख्‍न सकिन्छ ।

उत्तरः अचारमा प्रयोग गरिने कागती (अमिलो), बेसार, तेल, र मसलाहरुले प्राकृतिक खाद्य परिरक्षी भएकोले गर्दा, यसले अचारलाई छिटै विग्रन, सड्न, गल्न दिदैन र धेरै दिनसम्म राख्‍न सकिन्छ। 



  1. तलका प्रश्नको उत्तर लेख्नुहोस् :

  1. BHC र DDT को पूरा रूप लेख्नुहोस् ।

उत्तरः

BHC: Benzene Hexachloride

DDT: Dichlorodiphenyltrichloroethane 


  1. खाद्य परिरक्षी भनेको के हो ? यसको प्रयोग किन गरिन्छ ?

उत्तरः खाद्य पदार्थलाइ बिग्रन, सड्न, गल्न नपाउने गरी सुरक्षित राख्‍न प्रयोग गरिने पदार्थलाई खाद्य परिरक्षी भनिन्छ। यसको प्रयोगबाट खानेकुरालाई लामो समयसम्म नगबिग्रने गरी  जोगाएर राख्‍नको लागि खाद्य परिरक्षी प्रयोग गरिन्छ।


  1. खाद्य परिरक्षीका रूपमा प्रयोग गरिने रसायन के के हुन् ?

उत्तरः खाद्य परिरक्षीका रूपमा प्रयोग गरिने रसायनहरु नुन, तेल, वेसार, sodium benzonate sorbate आदि हुन्।


  1. प्राकृतिक रूपमा खाद्यान्नको पौष्टिक तत्त्व कायम राख्‍न प्रयोग गरिने उपाय के के हुन्, उल्लेख गर्नुहोस् ।

उत्तरः प्राकृतिक रुपमा खाद्यपदार्थको पौष्टिक तत्व कायम राख्‍न प्रयोग गरिने उपायहरु निम्‍न छन्। 

(क) खानेकुरालाई घाममा सुकाउने

(ख) खानेकुरालाई चिसो स्थान वा पानीमाथी राख्‍ने

(ग) नुन, अमिलो, तेल, बेसार, तथा चिनीको प्रयोग गर्ने

(घ) तितेपातीको प्रयोग , निमको तेलको प्रयोग गर्ने

(ङ)  आधुनिक प्राकृतिक प्रविधी अन्तर्गत पास्चुराइजेसन, कोल्ड स्टोर वा चिस्यान केन्द्रको प्रयोग गर्ने


  1. प्राकृतिक खाद्य परिरक्षी भनेको के हो ? रासायनिक खाद्य परिरक्षीको तुलनामा यसलाई किन राम्रो मानिन्छ, विश्लेषण गर्नुहोस् ।

उत्तरः खाद्य पदार्थलाई सड्न, बिग्रन, गल्नबाट बचाउन प्रयोग गरिने प्राकृतिक विधि वा प्राकृतिक वस्तुलाई प्राकृतिक खाद्य परिरक्षी भनिन्छ। 

रासायनिक खाद्य परिरक्षीहरुले खाद्य पदार्थलाई रासायनिक रुपमा परिवर्तन गर्ने, तिनीहरुको जैविक गुणस्तर बिगार्ने र मानव स्वास्थ्यलाई समेत असर गर्छन तर प्राकृतिक खाद्य परिरक्षीहरुले यस्ता असर नगर्ने भएकोले, रासायनिक खाद्य परिरक्षी भन्दा  प्राकृतिक खाद्य परिरक्षीलाई राम्रो मानिन्छ।


  1. कृत्रिम रूपमा फलफूललाई कसरी पकाउन सकिन्छ ? विधि तथा प्रक्रिया उल्लेख गर्नुहोस् ।

उत्तरः एसिटाइलिन, इथाइलिन, क्याल्सियम कार्बाइड जस्ता रसायनहरूको प्रयोग गरेर कृत्रिम रूपमा फलफूलहरुलाई पकाउन सकिन्छ । 

यस प्रकारका रसायनहरु फलफूलको बाहिरी भागमा दलेर केही घण्टा छोड्दा कृत्रिम रूपमा फलपुलहरू पाक्दछन् । 


  1. रासायनिक विषादीको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा उल्लेख गर्नुहोस् ।

उत्तरःरासायनिक विषादीको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु निम्न अनुसार छन्।

(क) रासायनिक विषादि प्रयोग गर्दा नाक तथा मुख छओपिने मास्क, हातमा पन्जा, शरिर पुरै ढाकिने गरी सुरक्षा पोसाकका साथै आँखामा अनिवार्य चस्मा लगाउनु पर्छ।

(ख) विषादि छर्दा प्रयोग भएका उपकरणहरू तत्काल सफा गरी सुरक्षित ठाँउमा राख्‍नुपर्छ।

(ग). विषादि छर्के पछी अनिवार्य नुहाउने तथा साबुन पानीले राम्ररी हात धुनुुपर्छ।

(घ) विषादी छर्कने वित्तिकै वालीनाली को वेचबिखन तथा उपभोग गर्नुहुँदैन।  


  1. तपाईंको घर वरपर सरसफाइका लागि के के सामग्री प्रयोग भइरहेका छन्, सूची तयार गर्नुहोस् । यी सामग्रीले वातावरणमा पार्ने असरका बारेमा, उल्लेख गर्नुहोस् । 

उत्तरः हाम्रो घर वरपर सरसफाइका लागि प्रयोग हुने सामग्रीहरू यसप्रकार छन् । 

(क) साबुन (Soap) 

(ख) डिटरजेन्ट (Detergent) 

(ग) डिटोल (Dettol) 

(घ) फिनाइल (Phenyl) 


यी सरसफाइमा प्रयोग गरिने सामग्रीले हाम्रो वातावरणमा प्रदुषण निम्त्याउँछन् । 


  1. साबुन कसरी बनाउन सकिन्छ, व्याख्या गर्नुहोस् ।

उत्तरः वनस्पतिको तेल वा जनावरको बोसोलाई सोडियम हाइड्रोअक्साइड वा अन्य कुनै कडा अल्काली र नुन मिसाइ तताएर साबुन बनाइन्छ।

यसको लागि, सर्वप्रथम तेल वा बोसोलाई कडा अल्कालीसँग मिसाई तताउने। त्यसमा केहि नुन र सोडा मिसाउने । उक्त घोललाई फिल्टर पेपरको सहयोगले छान्‍ने। छानेको अर्धठोस पदार्थलाई साबुनको आकार दिने साँचोमा राख्‍ने र सुक्न दिने। यसरी साबुन तयार गर्न सकिन्छ ।


  1. डिटरजेन्ट भनेको के हो ? यसका कुनै दुई उदाहरण लेख्नुहोस् । डिटरजेन्टको प्रयोगबाट मानव स्वास्थ्य र वातावरणमा कस्तो असर पर्छ होला ? तर्क प्रस्तुत गर्नुहोस् ।

उत्तरः हाइड्रोकारवनबाट प्राप्‍त हुने साबुन भन्दा बढी घुलनसिल संस्लेषित पेट्रोलियम पदार्थलाई डिटरजेन्ट भनिन्छ। 

उदाहरणको -  लरिल सल्फेट र अल्काइ बेन्जिन सल्फोनेट  

डिटरजेन्टको जैविक विच्छेदन नहुने हुँदा यसले रासायनिक प्रदुषण जस्तै पानी प्रदुषण, हावा प्रदुषण, माटो प्रदुषण गर्छ। फलस्वरुप मानव स्वास्थ्यमा विभिन्‍न रोगहरू लाग्दछ।


  1. हरिको गाउँमा अत्यधिक मात्रामा रासायनिक किटनाशक विषादीको प्रयोग भइरहेको छ । जसका कारणले मानव स्वास्थ्यमा जटिल समस्या देखा पर्न थालेका छन् । यस्ता किसिमका समस्या समाधानका लागि के कस्ता विकल्प हुन सक्छन्, सुझाव प्रस्तुत गर्नुहोस् ।

उत्तरः अत्याधिक मात्रामा रासायनिक किटनाशक विषादीको प्रयोगले,  वातावरण प्रदुषित हुने, हानिकारक तथा उपयोगी किराहरुको नाश गर्नुको साथै, मानव स्वास्थ्यमा समेत जटिल समस्याहरु देखिन्छन्। यस किसिमिको समस्या समाधानको लागि, निम्म विकल्हरु अपनाउन सकिन्छ। 

(क) रासायनिक विषादीको सट्टा जैविक विषादीहरु जस्तै, तितेपाीको झोल, असुरको पातको झोल, वा निमको पातको झोल प्रयोग गर्ने

(ख) रोग तथा किराको व्यवस्थापनमा सम्भव भएसम्म एकिकृत शत्रुजीव व्यवस्थापन (Integrated Pest Management) विधीको प्रयोग गर्ने

(ग) विषादीको प्रयोग गर्नै पर्ने भएमा कृषि विज्ञ प्राविधिकको सल्लाह बमोजिम सुरक्षित तरिकाले, उचित मात्रामा प्रयोग  गर्ने

(घ) जैविक मल र जैविक विषादी प्रयोग गर्ने  


  1. रासायनिक प्रदूषण भनेको के हो ? यसका कारण र निराकरण गर्ने व्यावहारिक उपायहरू लेख्नुहोस् ।

उत्तरः रासायनिक पदार्थहरूको प्रयोगबाट वातावरणको अवयवहरू हावा, पानी, माटो आदिको अवस्थामा नकारात्मक परिवर्तन आउनुलाई रासायनिक प्रदुषण भनिन्छ।

रासायनिक प्रदुषणका  कारणहरू:

(क) खेतिपातीलाई विभिन्‍न हानिकारक जीवहरुले नष्‍ट गर्ने हुँदा त्यसबाट जोगाउन रासायनिक विषादि प्रयोग गर्नु।

(ख) लुगा धुनको लागि डिटरजेन्टको प्रयोग हुनु।
(ग) औद्योगिक रसायनहरु जथावाभी प्रयोग र विसर्जन गर्नु।
(घ) खेतिपातीमा रासायनिक मलको अत्याधीक प्रयोग हुनु।


रासायनिक प्रदुषण निराकरण गर्ने उपायहरु:

(क) खेतिपातिमा हानिकारक जीवहरू मार्नको लागि जैविक विषादिहरुको प्रयोग लाई बढाउने।
(ख) डिटरजेन्टको सट्‍टामा सावुनको प्रयोग गर्ने

(ग) खेतिपातीमा रासायनिक मलको सट्‍टामा प्राङ्‍गारिक मलको प्रयोग गर्ने।
(घ) औद्योगिक रसायनहरूलाई उचित विसर्जन गर्ने।

  1. तपाईंको वरपर सिमेन्ट, सिसा, सेरामिक्स, प्लास्टिक, फाइबर, रासायनिक मल, साबुन, डिटरजेन्ट जस्ता औद्योगिक पदार्थको कारणले उत्पन्‍न प्रदूषणका बारेमा उल्लेख गर्दै यसका कारण र उचित ब्यवस्थापनका बारेमा सुझाव प्रस्तुत गर्नुहोस् ।

उत्तरः हाम्रो वरपर सिमेन्ट, सिसा, सेरामिक्स, प्लास्टिक, फाइबर, रासायनिक मल, साबुन, डिटरजेन्ट जस्ता औद्योगिक पदार्थको अनुचित विसर्जनले गर्दा वातावरणका विभिन्‍न तत्वहरू हावा, पानी, माटो आदिका गुणस्तरमा ह्रास आ उँछ। जसले गर्दा पारिस्थितिक प्रणालीमा असन्तुलन ल्याउँछ। 


प्रदुषणका कारणहरू:

(क) मानिसमा चेतनाको अभावले जथावाभी घरायसी फोहोस फाल्नु।

(ख) उद्योग सञ्‍चालन तथा फोहोर ब्यवस्थापन सम्बन्धी कानुनको पालना कडाइका साथ नहुनु।

(ग) रासायनिक वस्तुको सट्‍टामा पर्योग हुने जैविक वस्तुहरूको सहज उपलब्ध नहुनु्।

(घ) जैविक वस्तुहरूको भण्डारण तथा ढुवानी असहजताले गर्दा रासायनिक वस्तुको प्रयोग धेरै हुनु।


प्रदुषण व्यवस्थापनका उपायहरूः 

(क) ल्याण्डफिल डम्पिङ गर्ने 

(ख) फोहोरको छनौट गरी व्यवस्तापन गर्ने 

(ग) फोहोर मैलाहरूलाई रिसाइकल, रियुज र  प्रशोधन गर्ने 









No comments:

Post a Comment