Model SET 1

विज्ञान तथा प्रविधि

समय : ३ घण्टा पूर्णाङ्क: ७५

दिइएका निर्देशनका आधारमा आफ्नै शैलीमा सिर्जनात्मक उत्तर दिनुहोस् ।

समुह (क)

  1. तलका प्रश्नको सबभन्दा ठिक विकल्प उत्तरपुस्तिकामा लेख्नुहोस् ।

  1. कम्प्युटर मेमोरीको सबैभन्दा सानो एकाई कुन हो ?
    i.  किलोबाइट ii.  मेगाबाइट iii. विट Iv.  गिगाबाइट
    उत्तरः iii. विट

  2. सल्लोलाई किन सब–डिभिजन जिम्नोस्पर्म अन्तर्गत राखिएको हो ?
    i.  यसमा सियो आकारको पात हुन्छ। ii. यसमा विउ नाङ्‍गा हुन्छन्।
    Iii. यसमा क्लोरोफिल हुन्छ। Iv. यसमा फुलको सट्‍टा कोन हुन्छ।
    उत्तरः ii. यसमा विउ नाङ्‍गा हुन्छन्।

  3. क्रमविकासको सिद्धान्त अनुसार तलका मध्ये कुन समुहहरूका जीवहरू नजिकिएका हुन् ?
    i.   Porifera, Annelida, Chordata ii.  Porifera, Arthropoda, Chordata
    Iii. Coelenterata, Arthropoda, Chordata iv. Platyhelminthes, Nemathelminthes, Annelida 
    उत्तरः iv. Platyhelminthes, Nemathelminthes, Annelida

  4. समुद्रि सतह बृद्धि हुनाको मुख्य कारण के हो ?
    i. वन जङ्‍गल विनास ii.  अति वृष्‍टि Iii. बाढी पहिरो Iv. पृथ्‍वीको तापक्रम बढ्नु
    उत्तरः Iv. पृथ्‍वीको तापक्रम बढ्नु

  5. पृथ्वीमा 50Kg बोक्न सक्ने व्यक्तिले चन्द्रमामा कति बोक्न सक्छ ? पृथ्वीको सतहमा g को मान 9.8 m/s2 र चन्द्रमाको सतहमा g को मान पृथ्वीको भन्दा ६ गुणा कम छ ।
    i. 200.6 Kg ii. 300.6 Kg Iii. 400.6 Kg Iv. 500.6 Kg
    उत्तरः ii. 300.6 Kg

  6. एउटा हाइड्रोलिक लिफ्टमा ठूलो पिस्टन A र सानो पिस्टन B को क्रस–सेक्सनल क्षेत्रफल, चाप र बल / तौल क्रमशः A1A2, P1P2 F1F2 भए पास्कलको नियम अनुसार तलका मध्ये कुन सम्बन्ध सही हुन्छ ?
    i.  P1 > P2 ii. A1<A2 Iii. F1>F2 Iv. F1<F2
    उत्तरः iii. F1>F2

  7. सँगैको चित्रमा देखाइएको लेन्स अगाडिको वस्तु XY को बन्ने आकृतिको विशेषता छुट्याउनुहोस् ।


i.  अवास्तविक, सुल्टो र वस्तु भन्दा ठुलो ii.  वास्तविक, सुल्टो र वस्तु भन्दा ठुलो
Iii. अवास्तविक, उल्टो र वस्तु भन्दा सानो Iv.  वास्तविक, उल्टो र वस्तु भन्दा ठुलो
उत्तरः Iv.  वास्तविक, उल्टो र वस्तु भन्दा ठुलो

  1. हब्वलको नियमले तलका मध्ये कुन कुरालाई प्रमाणित गर्दछ ?
    i.  ब्रह्‍माण्ड खुम्चिरहेको छ। ii. ब्रह्‍माण्ड फैलिरहेको छ
    Iii. ब्रह्‍माण्ड जस्ताको त्यस्तै छ Iv.  ग्यालेक्सिहरू नजिक भपरहेका छन्।
    उत्तरः ii. ब्रह्‍माण्ड फैलिरहेको छ

  2. तलका मध्ये कुन चाहिँ दोहोरो विस्थापन प्रतिक्रिया हो ?
    i.  X + YZ XY + Z ii. X + Y     XY
    Iii.  XYZ       X + Y +Z Iv.  XY + AB XB + AY
    उत्तरः Iv.  XY + AB XB + AY

  3.  एउटा कथन र दुईओटा तर्क दिइएको छ ।

कथन: डिटरजेन्टलाइ साबुन विहिन साबुन भनिन्छ।
तर्क १: यसले सावुन जस्तै वस्तु सफा गर्छ र रासायनिक प्रकृति भने फरक हुन्छ ।
तर्क २: सावुन जस्तै यसले पनि कडा पानीमा फिंज दिंदैन ।
i.  कथन र तर्क २ सही तर तर्क १ गलत ii. कथन र तर्क २ गलत तर तर्क १ सही
Iii. कथन र तर्क १ सही तर तर्क २ गलत Iv. कथन र तर्क १ गलत तर तर्क २ सही
उत्तरः Iii. कथन र तर्क १ सही तर तर्क २ गलत

समुह (ख)

  1. अति छोटो उत्तर लेख्‍नुहोस्।

  1. स्वतन्त्र चरको एउटा फाइदा लेख्नुहोस् ।
    उत्तरः प्रयोगकर्ताले यसको मान आफै निर्धारण गर्न सक्छ।

  2. उर्ध्वचाप भनेको के हो ?

उत्तरः तरल पदार्थले माथितिर धकेल्ने परिणात्मक बललाइ उर्ध्वचाप भनिन्छ।

  1. अप्टिकल फाइबरको एउटा उपयोगिता लेख्नुहोस् ।

उत्तरः दुरसञ्चारमा तथा इन्टरनेट प्रसारणमा अप्‍टिकल फाइबरको प्रयोग हुन्छ।

  1. गर्मी महिनामा सिमेन्टेड सडकहरू पानीले भरिएको जस्ता देखिन्छन् तर नजिक गएर हेर्दा त्यस्तो हुँदैन । यसमा प्रकाशको कुन प्रक्रिया समावेश छ ।

उत्तरः मिराज, प्रकाशको पूर्ण आन्तरिक परावर्तनको कारणले गर्दा 

  1. कार्वन डाइअक्साइड ग्याँसलाई चुनपानीमा थोरै समय पठाउंदा के हुन्छ ?
    उत्तरः थोरै समय पठाँउदा, उक्त मिश्रण दुधिलो बन्छ।

Ca(OH)2 + CO2 → CaCO3 + H2O

  1. रेडसिफ्ट भनेको के हो?
    उत्तरः कुनै वस्तुद्वारा उत्सर्जित प्रकाश तरंगहरूको विस्तार जसले तिनीहरूलाई तरङ्ग स्पेक्ट्रमको रातो छेउतर्फ सार्ने कार्य गर्छ।

  2. चाँदीको मुख्य धाउको नाम लेख्नुहोस् ।

उत्तरः अर्जेन्टाइट 

  1. पेरियोडिक टेवलको समूह सातको तत्वहरुलाई किन ह्यालोजन भनिन्छ?
    उत्तरः धातुसँग प्रतिक्रया गरेर लवण बनाउने भएकाले 

  2. ग्लाईकोलको संरचनात्मक सुत्र लेख्नुहोस् ।
    उत्तरः 

  

समुह (ग)

छोटो उत्तर लेख्‍नुहोस्।

  1. आधारभुत एकाईको प्रयोग गरी समीकरण P =IV  मा एकरूपता छ भन्ने प्रमाणित गर्नुहोस् । यहाँ I ले विद्युत धारा, V ले भोल्टेज र P ले सामथ्र्यलाई जनाउँछ ।
    उत्तरः 

दुवै तर्फको एकाई बराबर भएकोले P= IV मा एकरुपता छ।


  1. बनस्पती जगतको कुनै दुई विशेषता लेख्नुहोस् ।
    उत्तरः यिनिहुरुमा हरितकण हुन्छ ।
    आफ्नो खाना आफै बनाउन सक्छ वा प्रकाश संश्लेषण क्रिया गर्छ। 


  1. मौरीको पारिस्थितिक पद्धतिमा कुनै दुई भूमिका लेख्नुहोस् ।
    उत्तरः परागसेचनमा सहयोग गर्छ । 
    मौरी, मह र कुट खाएर अन्य किराहरू बाँच्‍छन।

  2. माइटोसिस कोष विभाजनलाई इक्वेसनल कोष विभाजन भनिन्छ, किन ?
    उत्तरः माउ कोष र सन्त्तति कोषमा क्रोमोजोमको संख्या बराबर हुने भएकोले।

  3. भारतले नेपाललाई मुर्रा राँगा अनुदानमा दिएको छ । स्थानीय जातको राँगोका सट्टा मुर्रा राँगोको सहायताले भैसीको प्रजनन गराउँदा भैसीपालनबाट किसानहरूलाई पुग्ने कुनै दुई फाइदाहरू लेख्नुहोस् ।
    उत्तरः बिकसित नश्लको सन्तान जन्मिन्छ।
    दुध धेरै दिने सक्ने क्षमता भइको सन्तान जन्मिन्छ।
    रोग प्रतिरोधात्मक क्षमता वृद्दि हुन्छ।

    

  1. हिमोफिलिया र ल्युकेमियाबीच दुई फरक लेख्नुहोस् ।
    उत्तरः 

हेमोफिलिया

ल्युकेमिया

यो प्लेटलेट्‍सको कमिले हुन्छ।

यो WBC बढी भएमा हुन्छ।

काटेको ठाउँमा रगत बगिरहन्छ।

यसले रक्त क्यान्सर गराउँछ।


  1. नेपालमा हाब्रेको सङ्ख्या कम हुँदै गएको छ । हाब्रेको संरक्षण गर्न के के उपाय अपनाउनु पर्ला ? कुनै दुई उपाय लेख्नुहोस् ।
    उत्तरः हाब्रेको बासस्थानको सुनिश्चित गर्ने
    हाब्रेको खाना र प्रजनजको लागि उपर्युक्त वातावरण तयार गर्ने ।

  2. कुनै आकासिय पिण्डको सतहमा कुनै वस्तुको गुरुत्ववलमा निर्भर गर्ने कुनै दुई तत्वहरू लेख्नुहोस् ।
    उत्तरः आकाशिय वस्तुको पिण्ड
    बस्तुको पिण्ड
    बस्तु र आकाशिय वस्तुविचको केन्द्रिय दुरी ।

  3. पृथ्वीको केन्द्रबाट समान दूरीमा भएको दुईवस्तुमा लाग्ने आकर्षण बल समान हुन्छ भने तिनीहरूको पिण्ड पनि समान नै हुन्छ । प्रमाणित गर्नुहोस् ।
    उत्तरः


  4. गुडिरहेको साइकलमा डाइनामोको मद्दतले बालिएको बत्ति साइकल रोकिंदा निभ्छ । कारण लेख्नुहोस् ।
    उत्तरः साइकल रोकिँदा, यसको चुम्बकीय प्रवाहको परिवर्तन दर पनि शून्य हुन्छ र emf  उपपादन हुँदैन र बत्ति पनि निभ्छ।

  5. ग्राहस्थ विद्युतिकरणमा 220V को विद्युत प्रवाह भएको हुन्छ । मोवाइलको व्याट्रिले 3.7V मा काम गर्दछ । यसको आधारमा मोवाइल चार्जरमा प्रयोग हुने ट्रान्सफर्मरको चित्र कोर्नुहोस् ।
    उत्तरः 



  1. पेरियोडिक तालिकाको IIA समुहको एउटा धातु र VIIA समुहको एउटा अधातुको बिचमा रासायनिक प्रतिक्रिया हुँदा बन्ने समिकरण लेखि सन्तुलित गर्नुहोस् ।
    उत्तरः Ca + Cl2 → CaCl2 

  2. हाइड्रोजन र कार्वनको सङ्ख्या बराबर हुने एउटा Alkyne को नाम लेख्नुहोस् । यसको कुनै एक प्रयोग लेख्नुहोस् ।
    उत्तरः C2H2 (ईथाइन वा एसिटिलिन्स)
    यसको प्रयोग वेल्डिङ गर्न ।

  3. मानव स्वास्थ्यका लागि रासायनिक विषादी प्रयोग गर्नु खतरा हुन्छ । यो भनाइलाई आफ्ना दुई तर्कद्वारा पुष्टि गर्नुहोस् ।
    उत्तरः बिषादीको प्रयोगले मानिसको श्वासप्रश्वास, छाला सम्बन्धी रोग लाग्छ।
    मानिसमा क्यान्सर जस्ता प्राणघातक रोग लाग्छ।

समुह (घ)

  1. हाम्रो दैनिक जीवनमा डिजिटल प्रविधिका कुनै दुईओटा सकारात्मक र नकारात्मक प्रभावहरू लेख्नुहोस् ।
    उत्तरः फाइदाः    १. सञ्‍चार गर्न     २. मनोरञ्‍जन गर्न 
    बेफाइदाः १. साइबर बुलिङ     २. आँखामा समस्या 

  2. दिइएको चित्र अध्ययन गरी तलका प्रश्नहरुको उत्तर लेख्नुहोस् ।
    i. चित्रमा देखाइएको पानीको विशेष गुणलाई के भनिन्छ?
    उत्तरः पानीको अनियमित प्रसार भनिन्छ।
    ii. पानीलाई 00 C देखि 100 Cसम्म तताउँदा आयतनमा देखिने परिवर्तन लेख्नुहोस् ।
    उत्तरः पानीलाई 00 C देखि 40C सम्म तताउँदा, यसको आयतन घट्छ भने, 40C देखि 100C सम्मा तताउँदा यसको आयतन बढ्छ ।
    iii. पानीको उक्त विशेष गुणको कुनै एक उपयोगिता लेख्नुहोस् ।
    उत्तरः हिउँदयाममा तालहरुमा पानी माथिल्लो सतहमा जमेका भए पनि तल्लो तहमा पानी तरल अवस्थामा र तापक्रम 4 डिग्री सेल्सियस सम्म हुन्छ र जलीय जीवहरु बाँच्‍न सक्छन् । 

  3. A. धमनी भनेको के हो? मानव शरीरमा रहेको सबैभन्दा ठूलो धमनीको नाम लेख्नुहोस् ।
    उत्तरः मुटुबाट शुद्ध रगत बाहिर लैजाने नलीलाई धमनी भनिन्छ ।
    मानव शरीरमा सबैभन्दा ठूलो धमनी एओर्टा हो । 

B. उच्च रक्तचापका दुई ओटा कारणहरू उल्लेख गर्नुहोस् ।

उत्तरः अत्याधिक चिल्लो पदार्थ सेवन 

मानसिक तनाव 

  1. दिइएको चित्रमा तीनओटा धातुका डल्लाहरू A, B, C लाई समान तापक्रममा तताएर मैन भएको भाँडामा राखिएका छन् । ती तिनवटै धातुको पिण्ड र आयतन बराबर छ । जसमा धातु A को विशिष्ट तापधारण क्षमता 380 J/Kg0 C, B को 470 J/Kg0 C, C को 910 J/Kg0 C,  छ भने, तलका प्रश्नहरूको उत्तर दिनुहोस् ।
    उत्तरः 

  1. कुन धातुमा सबैभन्दा बढी तापशक्ति हुन्छ ?

उत्तरः C मा 

  1. कुन चाहिँ धातु मैनका स्लावमा तलसम्म जान्छ ?
    उत्तरः C 

  2. कुन चाहिँ धातु चाँडो सेलाउँछ ?

उत्तरः A

  1. कुन चाहिँ धातुले सबैभन्दा धेरै तापशक्ति गुमाउँछ ?
    उत्तरः C 

  1. कन्केभ लेन्स र कन्भेक्स लेन्सको बिचमा दुईओटा फरक लेख्नुहोस् ।एक जना विद्यार्थीले लगाएको चस्‍मामा प्रयोग भएको लेन्‍सको सामर्थ्य -6D छ । उक्‍त लेन्‍सको केन्‍द्रीकरण दूरी हिसाब गर्नुहोस् । लेन्‍सको किसिम पनि उल्‍लेख गर्नुहोस् । 
    उत्तरः

कन्केभ लेन्स 

कन्भेक्स लेन्स

बीचमा पातलो र छेउमा बाक्लो 

बीचमा बाक्लो र छेउमा पातलो 

प्रकाशका किरण विकेन्द्रीकृत गर्छ । 

प्रकाशका किरण केन्द्रीकृत गर्छ । 

  1. दिइएको तत्वहरू XY को इलेक्ट्रोन विन्यास अध्ययन गरी दिएका प्रश्नहरूको उत्तर लेख्नुहोस् ।
    a. दिइएका मध्ये कुन चाहि धातु हो ?
    उत्तरः तत्व X (क्याल्सियम) धातु हो ।

  1. Y तत्वको पिरियड लेख्नुहोस् ।
    उत्तरः तेस्रो पिरियड

  2. XY को संयोजनद्वारा बन्ने यौगिकको सन्तुलित रासायनिक समीकरण लेख्नुहोस् ।
    उत्तरः Ca + Cl2 → CaCl2

  1. दिइएको चित्र अध्ययन गरी निम्न प्रश्नको उत्तर दिनुहोस् ।
    उत्तरः 

  1. ग्याँस जारमा कुन ग्यास जम्मा भइरहेको छ ?
    उत्तरः एमोनिया ग्यास जम्मा भइरहेको छ। 

  2. चित्रमा A B के के हुन् ?
    उत्तरः B= एमोनियम क्लोराइड (NH4 Cl) र क्याल्सियम हाइड्रोअक्साइडको Ca(OH)2 मिश्रण
    A = चुन (CaO)

  3. कस्तो रङ्गको लिटमस पेपरको प्रयोगबाट उक्त ग्यास पहिचान गर्न सकिन्छ ?
    उत्तरः रातो रङको लिटमसबाट उक्ता ग्यास पहिचान गर्न सकिन्छ। 


No comments:

Post a Comment